बागलुङका दुई सर्जक दीपक र जीवनले सिर्जना गरेको उत्कृष्ट गीत “झल्को आम्चका”

काठमाडौ – जापान जस्तो निकै व्यस्त हुनुपर्ने ठाउँमा कर्म थलो बनाएका बागलुङका युवा सर्जकहरु दीपक कँडेल र जीवन कँडेलको नयाँ गीत झल्को आम्चका भर्खरमात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द र सोही अनुसारको लय सिर्जना भएको सो गीतमा शब्द कडेंल दाजुभाइले मिलेर बनाएका हुन भने लय जीवन कँडेलले ।

गीत संगीतमा लागेको छोटो समयमै उत्कृष्ट सिर्जना गर्न सफल जीवनले यस अगाडि पनि केही गीत सार्वजनिक गरिसकेका छन् ।

टिपिकल शब्द र लय समेत रहेको सो गीतलाई दर्शक स्रोताले समेत राम्रो गीत भन्ने प्रतिक्रिया दिएका छन् ।

अन्जु पन्त र बादल थापाको आवाज रहेको सो गीत क्रान्ति केसीले कलात्मक निर्देशन गरेका छन् । आकाश श्रेष्ठ र रियासा दाहालको अभियान रहेको सो गीतलाई दीपिका म्युजिकले बजारमा व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया