ग्लोबल आइएमई बैंकको आज १४ औं वार्षिकोत्सव, प्राथमिक पूँजी २७ अर्ब पुग्यो

काठमाडौं– डेढ दर्जन बैंक तथा वित्तीय संस्थासँग मर्जर बनेको मुलुककै सबैभन्दा धेरै पूँजी भएको वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले शनिवार (आज) १४ औं वार्षिकोत्सव मनाउँदैछ । बैंकको प्राथमिक पूँजी २७ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले १४ वर्षको १७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ । ग्लोबलले शनिवार बार्षिक उत्सवको अवसरमा प्रकाशित विज्ञप्ति अनुसार बैंकले दुई सय ४९ अर्ब रुपैयाँ निक्षेप, दुई सय ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले पाँच सय ५७ सेवा केन्द्रबाट सेवा दिएको छ भने दुई सय ४० एटीमए रहेका छन् । बैंकमा तीन हजार जना जनशक्ति रहेको छ ।

ग्लोबल आइएमई बैंक गत वर्ष मात्र ‘क’ बर्गको जनता बैंकसँग मर्ज भएर एकीककृत कारोबार सुरु गरेको थियो । ग्लोबल आइएमईले कुल १७ वटा बैंक तथा वित्तीय संस्था मर्ज गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । १४ प्रतिशत बोनस सेयर र करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष १२.७५ प्रतिशत बोनस र करसहित १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो । यसबाहेक ग्लोबल आईएमई बैंकले विदेशमा पनि तीन वटा प्रतिनिधि कार्यालयमाफर्त सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द प्रसाद ढकाल हुन् । व्यावसायिक क्षेत्रमा सफल ढकालको नेतृत्वमा सुरु भएको ग्लोबल आइएमई बैंक छोटो समयमा अब्बल बैंकको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया