सिटिजन लााईफ इन्स्योरेन्सले ट्रिपल बी– रेटिङ पायो, ७५ करोडको आईपिओ आउने

काठमाडौं–विभिन्न बीमा कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेका बेला सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपिओलाई लक्षित गरी इक्रा रेटिङमा रेटिङ सिटिजन लाईफले ट्रिपल बी– रेटिङ पाएको छ ।

इन्स्यारेन्सले सर्वसाधारणमा १०० रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि रेटिङ्ग गराएको थियो । इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि हुन्छ ।

इक्राले ट्रिपल बी– रेटिङ दिएको सन्दर्भमा कम्पनीको व्यवस्थापन, सुरक्षित लगानी लगायतका विषयमा सुक्ष्म विश्लेषण गरिएको दावी गरेको छ । इक्राले देशैभरि ११३ वटा शाखा, १५ हजार भन्दा बढि अभिकर्तासहितको बलियो कम्पनीको रुपमा व्याख्या गरेको छ ।

धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपुर्व प्रत्येक कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ । इक्राले दिएको ’ट्रिपल बि माइनस रेटिङ्ग’ ले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ । यस्तो रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहने मानिन्छन् ।रेटिङ भएपछि धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ ।

प्रतिक्रिया