काठमाडौं–राजस्व छली गर्ने विरुद्ध सरकारले सवा एक अर्ब रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विरुद्ध १अर्ब ३२ करोड रुपैयाँ बिगो दाबी गर्दे उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार २८ जनाविरुद्ध २६ वटा फर्मका २८ जना संचालकविरुद्ध आज मुद्दा दायर गरिएको हो । मोहन ट्रेड इन्टरनेशनलका राम किसोर प्रसाद लगायतले विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरी कारोबार गरेको भेटिएको विभागले जनाएको छ ।
विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार ४३ करोड ८१ लाख ८० हजार ३७८ भ्याट, ८६ करोड ५६ लाख १ हजार ७८५ आयकर र २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ लाभांश कर गरी कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ राजश्व चुहावट गरेको ठहर गरेको छ ।
आयोगले उक्त फर्महरुको मुख्य कारोवारी राम किशोर प्रसाद समेत उक्त विभिन्न फर्मका प्रोप्राईटरु २८ जनालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको छ ।