काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा ५ हजार २२५ जनाको परिक्षण गरिएको थियो । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।
साथै यो अवधिमा ७४८ जना निको भइ घर फर्किएका छन । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ