प्रभु लाईफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत,आईतबारबाट कारोबार हुने पक्का

काठमाणडौ- प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेले सूचिकृत गरेको छ ।

प्रभुकोे २ करोडको शेयर सूचिकृत भएको हो । पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।

यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि पिएलआई ट्रेडिङ कोड पाएको छ भने पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।

प्रतिक्रिया