काठमाण्डौं - आफूलाई मेमोरी किंग भन्दै विभिन्न मिडियामा आएर चर्चामा रहेका विजय शाहीको नयाँ कर्तुतको पर्दाफास भएको छ ।
मंगलबार शाहीको मृत्युको खबर एक एक भाइरल भयो । उनका अंग्रेजी शिक्षकले नै उनको ज्यान गएको l लेखेपछि त्यो खबर लाखौं माझ पुग्यो त्यो पनि केही मिनेटमै ।
मुलधारका मीडिया पनि यी विषयमा चासो दिन थाले । उनले बिष सेवन गरेर आत्महत्या गरेको भनेर कतिपय मिडियाले त समाचार नै हाले । तर वास्तविकता धेरै बेर लुकेन ।
सयौं विद्यार्थीको लाखौं कुम्ल्याएर बसेका शाही यसबाट मुक्ति पाउनको लागि मृत्युको नाटक रचेको प्रष्ट भयो ।
मिडियामा व्यापक खोजी हुन थालेपछि प्रहरी उनको अवस्था पत्ता लगाउन घरमै पुग्यो उनी घरमा टिभी हेर्दै बसेको अवस्थामा भेटिए ।
उनले यस्तो किन गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ला तर शाहीले भएको थोरै ईज्जत पनि अब सकाएका छन् । यसो त उनको मेमोरी किंग वाला कर्तुत पनि सार्वजनिक भै सकेको छ ।