काठमाण्डौ । केहि समय अघि निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा दर्ताा भएको नेकपाकी नेत्रृ रिु पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेज गर्न सुझाव दिएकी छन ।
नेकपाको ओली समूहकी नेता तथा विघटित प्रतिनिधिसभा सांसद पालले आफ्नो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समक्ष संघीयता खारेज गर्नुपर्ने धारणा राखेकी हुन् ।
उनले संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ बनाउनु पर्ने धारणा राखेकी छिन् ।
उनले लेखेकी छिन्, ‘सम्माननिय प्रधानमन्त्री ज्यु, आँट गर्नुस संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५, केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारी लाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस ।’