काठमाण्डौ । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी आफ्ना शेयर सदस्यहरुको लागी मुनाफा घोषणा गरेको गरेको छ ।
पुस १६ गते सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको २।८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको लागि लाग्ने कर बापत ०।१५ प्रतिशत अर्थात १६ लाख ९९ हजार २१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ ।