सबै भन्दा ठुलो आईपीओ निस्कासन गर्ने बैकले कति पायो रेटिङ ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयरको रेटिङ सम्पन्न गरेको छ । योसँगै अब आईपीओ निस्कासन गर्नेबाट खुलेको छ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १० गते, शुक्रबार अनुमति पाइसकेको छ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया