शेयर बजारमा रौनक फर्कियो,अर्थसतकले बढ्यो नेप्से कारोबार चार अर्व माथी

काठमाण्डौ । नेपाली शेयर बजारमा हराईरहेको रौनक आज बुधवार फर्किएको छ । केहि देखि देखि लगातार उतारचडाव गरिरहेको नेप्से अहिले भने उच्च विन्दुमा पुग्ने लयमा छ ।

बुधवार नेप्से करिव ५० अंकले बृद्धिहुँदै २ हजार ६२ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज नेप्सेका अधिकांस सूचकहरु हरियाली भए पनि अपेक्षा अनुसार कारोवार रकम भने बढ्न सकेन ।

२ सय ८ कम्पनीहरुको करिव एक करोड शेयरको ४ अर्व माथीमा कारोबार भएको छ । आज पाँच कम्पनीहरुमा सकारात्मक सर्किट लेवलमा कारोवार भएको छ । ९५ कम्पनीको शेयर मूल्य बढ्दा ६० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेका छन ।

प्रतिक्रिया