काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी नेपाली सांगीतिक क्षेत्रमा चर्चित हुँदै गइरहेको नाम हो । एक पछि अर्को गीत सार्वजनिक गरि उनले लोक प्रेमी दर्शक स्रोताको मन जितिरहेका छन ।
विशेष गरि वियोगान्त गीतमा खरो कलम चलाउने अधिकारीले लय तथा शब्द सिर्जना गरेको नयाँ गीत माया भनिन्छ भर्खर मात्र सार्वजनिक भएको छ । गीतले मायाको परिभाषा खोज्ने प्रयास गरेको छ । गणेश अधिकारी र सुनिता बुढाको आवाज रहेको गीतको शब्द तथा लय निकै सुमधुर रहेको छ ।
स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतमा गणेश अधिकारी,साया भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । गीतलाई सुरेश श्रेष्ठले भिडियो खिचेका हुन भने शिव पौडेलले सम्पादन गरेका छन । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको निर्माण युनिटले आर्थिक सन्देशलाई जानकारी दिएको छ ।