चन्द्रागिरीको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौ । पहिलो चरणमा आयोजना प्रभाविभ बासिन्दाको लागी चन्द्रागिरीले सार्वजनिक गरेको आईपीओको आज बाँडफाँड हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिथलले दिएको जानकारी अनुसार उसको केन्द्रिय कार्यालय नक्सालमा दिँउसो तीन बजे बाँडफाँड हुने कार्यक्रम रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

प्रतिक्रिया