काठमाण्डौ । नेकपाको फुटपछि अहिले प्रचण्ड नेपाल पक्ष सडक संघर्षमा छन । यसै विच आज सो समूहले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन ।
सो कार्यक्रममा बोल्दै नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता पाए पछि ओलीले पार्टी विर्सिएको आरोप लगाउनु भयो ।
साथै खनालले घरघरमा ग्यास पुराउने भन्दै गरेको बाचा के भयो भनेर प्रश्न समेत गर्नुभयो । उहाँले पानी जहाँज आँउछ भन्ने ओलीले केहि काम गर्न नसकेको समेत आरोप लगाउनु भयो ।
‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ? खनालले प्रश्न गर्नुभयो ।
काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उहाँले बताउनु भयो ।