२४ लाख उखुको भुक्तानी लिन आएका किसानको काठमाडौंमा मृत्यु

काठमाडौं–उखुको बक्यौता रकम भुक्तानीका लागि राजधानी आएका एक किसानको हृदयघात भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका नारायणराय यादव (भगत) रहेका छन् ।

सरकार र उखु किसानबीच हिँजोमात्र सम्झौता भएको थियो । भुक्तानी नलिई घर नफर्किने बताउँदै आएका थिए । भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले जानकारी दिए ।

सम्झौता हुने बित्तिकै भगतले ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको भनेर बताएको किसानले बताएका छन् ।विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय