काठमाण्डौ । आफुले उत्पादन गरेका उखुको पैसा लिन काठमाण्डौ आन्दोलनमा आएका ६५ उखु किसान नारायण राय यादवको मंगलबार विहानी ज्यान गएको छ ।
यादवको शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।
उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।
‘मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो । यादवको निधनसँगै परिवारमा विचल्ली भएको छ ।