महेन्द्र क्षेती प्युठान । नेपाली कांँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेल आफ्नो जन्मदिन मनाउन दलित विपन्न परिवारमा पुग्नु भएको छ ।
झिमरुक गाउपालिका तीन आहालखोला कामिटोल निवासि फेतिदेवि कामी र सोहि ठाउकि फुर्सा सुनारलाइ सहयोग गर्न चामल दाल तेल नुन बोकेर घरमै पुगेको कांग्रेस युवा नेता पोखरेलले बताउनु भएको छ । दुई परिवारलाइ सय केजि चामल,दाल,तेल,नुन सहयोग गरेको फेतिदेवि कामिले बताउनु भयो । फेतिदेविले भन्नुभयो दुखि र गरिवहरुलाइ यसरी सहयोग गर्दा भगवान आएजस्तो लाग्यो हामी धेरै खुसि छौ ।
घरबास नभएकि फेतिदेवि कामी अर्काको घरमा वस्दै आउनुभएको छ । श्रिमान गुमायकि फेतिदेविका दुई छोरा भारतमा भएपनि आफ्नो सम्पर्कमा नभएको र छोरिहरुपनि बिबाह गरेर गएपछि सम्पर्कमा नभएको सत्तरी बर्षकि फेतिदेबिले दुख्ख पोखिन । उता फुर्सा सुनारको अबस्थनपनि उस्तै छ ।
श्रिमान गुमाएहो धेरै बर्ष भयो छोरा भारतमा छ पैसा पठाउदैन घरमा पनि आउदैन । छोरिका छोराछोरि समेत हुर्काउनु परेको छ खेति गरेर खाने जंगा छैन भत्ताको भरमा चलेकोछ । उता जन्मदिनको नाममा फजुल खर्च नगरि गरिवहरुलाइ सहयोग गर्नु पर्ने कांग्रेस नेता प्रमोद पोखरेलले बताउनु भयो । पोखरेलको काम उदारणिय भएको भन्दै अरुले समेत सिक्नु पर्ने स्थानिय कमल केसिले बताउनु भएको छ ।