संसद विघटनको बिरोधमा प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा प्रर्दशन गर्ने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा आज प्रचण्ड–नेपाल समूहले बिरोध कार्यक्रमको आयोजना गरेका छन् ।
प्रर्दशनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनका लागि विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता काठमाडौं आएको उक्त समूहले जनाएको छ । काठमाडौंका विभिन्न ठाउँमा प्रर्दशन स्थल तोकिएको छ । विभिन्न क्षेत्रबाट आएको समूह भृकुटी मण्डमा पुगेर सभा गर्ने तय गरेका छन् ।

सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने योजना बनाएका छन् ।
मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपनडोलमा ११ बजे भेला भएर प्रर्दशन सुरु गर्ने जनाएका छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन गर्ने तयारी छ ।

नेकपा दुई समूहमा विभाजित भएर पार्टीका गतिविधि अघि बढाएको भए पनि दुवै पक्षले पार्टीको नाम, चुनाव चिन्ह आफ्नो पक्षमा पाने दाउमा रहेका छन् । पचण्ड, माधब नेपाल समूहले संसद पुर्नस्थापनाको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय