काठमाण्डौ । ओली सरकारले गरेको संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज काठमाण्डौमा विशाल प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गर्नुभएको थियो । सोहि विषयलाई लिएर नेकपा र अन्य दलहरु अहिले सरकारको विरोधमा रहेका छन ।
आज काठमाण्डौको बानेश्वरमा नेपाली काँग्रेसको विरोध कार्यक्रममा जनलहर उर्लेको छ । सभालाई काँग्रेस नेता प्रकाशमान सिँहले संवोधन गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा आलीको कडा आलोचना गर्दै प्रतिनिधि सभा विघटन असंबैधानिक भएको बताउनु भयो ।
“संसद्ले प्रधानमन्त्री दिनै नसक्ने, सरकार दिनै नसक्ने अवस्थामा मात्र संसद् विघटनको परिकल्पना संविधानको धारा ७६ ले गरेको हो । अन्य अवस्थामा संसद् विघटन हुनै सक्दैन,” सिंहले भने, “त्यस्तो अवस्था नभएका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्दैनन् ।”