रमेश विजीको जन्म दिनमै हेमन्तले भने के छ ज्यानलाई ? भिडियो सहित

काठमाण्डौ । लोकदोहोरी गित प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीको जन्म दिनको अवसरमा लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छाको नयाँ गीत के छ ज्यानलाई भर्खर मात्र सार्वजनिक भएको छ ।

छोटो समयमै सबै माझ लोकप्रिय बनिरहेका गायक तथा सर्जक कान्छाका हरेक गीत उत्कृष्ट हुने गर्दछन । यो गीतमा पनि उनले निकै मेहनत गरेका छन । हेमन्त कान्छा र निता पुन मगरको आवाज रहेको गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका हुन भने संगीत हेमन्तकै रहेको छ ।

निकै उत्कृष्ट शब्द संगीत सहित तयार पारिएको सो गीतको म्युजिक भिडियोमा नेपाली चलचित्रका लोकप्रिय नायक दिलीप रायमाझीले अभिनय गरेका छन । उनलाई नृत्यमा कविता नेपालीले साथ दिएकी छन ।

हेमन्त कान्छाको आफ्नै युउटुवबाट सार्वजनिक गरिएको सो गीतलाई कुमन नेपालीले निर्देशन गरेका छन ।

प्रतिक्रिया