नेप्से दुई हजार माथी लाग्यो,दिनैभरी चटक देखाएको नेप्से बन्दहुने बेला बढ्यो,कारोवार घट्यो

काठमाण्डौ । पछिल्ला केहि दिन नेप्सेमा निकै उतारचडाव आइरहेको छ । एकैछिनमा बढ्ने र एकै छिनमा घट्ने शिलशिला सोमवार पनि कायम रह्यो ।

आज बजार बन्द हुने बेलामा करिव ९ अंकले नेप्से बढेको छ । नेप्से बढेसँगै २ हजार ७ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेप्से बढे पनि कारोवार रकममा भने ठुलो गिरावट आएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

बजारमा किनबेच भएका २ सय १४ कम्पनीहरुमा ८१ कम्पनीका शेयर धनिले कमाए भने ७१ सेयर धनिले गुमाए । आज नारायणी विकास बैक र केन्द्रिय वित्त संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोवार भयो ।

प्रतिक्रिया