काठमाडौ–नेपाल आयल निगमले एक वर्षको अवधिमा करिव १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरस(कोभिड१९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झन्डै १३ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको हो । निगमले आईतवार सार्वजनिक गरेको अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार, मोतिहारी अमलेखगन्ज पेट्रोलयम पाइपलाईनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको व्याज आम्दामी बढेपछि निगमको नाफा बढेको हो ।
निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलका अनुसार,व्याज आमदामी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्याँसमा दिदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६÷०७७मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेकोहो । समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको पौडेलेको भनाई छ । पछिल्लो समय निगमले अवलम्बन गरेका सुधारका कार्यक्रमका कारण पनि नाफा बढ्न सहयोग पुगेकोनिगमको भनाई छ ।
निगमले आर्थिक वर्ष २०७५÷०७६मा ८ अर्ब७५ करोड रुपियाँ नाफा कमाएको थियो । लामो समय देखि ऋणमा रहेकोनिगमले आर्थिक वर्ष २०७४÷०७५ तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो । अन्तराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मुल्य घट्नु र निगमले स्वचालित मुल्य प्रणाली लागु गर्दै गएपछि निगमले नाफा कमाउदै आएकोछ ।इन्धनको ढुवानी रकम बचत हुनुकासाथै अघिल्लो वर्षको नाफा रकमको व्याजबाट पनि नाफा बढाउँन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । १० महिनाको अवधिमा पाइपलाईनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ ।साथै गत वर्षको नाफा रकमको बैंक व्याजबाट मात्र १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको भनाई छ ।
भण्डारण क्षमता बृद्धीदेखि दोश्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न बाणिज्य बैंकमा राखेको थियो । निगमका अनुसार, नाफा रकम पुर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाइने योजना छ । निगमले पहिलो पटक नेपाल फाइनेनसियल रिपोर्ट स्टयान्डर अनुसार (एनएफआरएस) अनुसार व्यालेनसिट तयार गरेको जनाइएकोछ ।आर्थिक वर्ष २०७०÷०७१मा प्रतिलिटर १सय ३४ रुपैयाँ रहेको पेट्रोलको मुल्य आव ०७६÷०७७को असार मासान्त सम्म घटेर एक सय २ रुपैयाँमा झरेको थियो । यस्तै सो अवधिमा एक सय ५ रुपैयाँ रहेको डिजेलको मुल्य घटेर ८८ रुपैयाँमा झरेको थियो ।
निगमले अन्तराष्ट्रिय मुल्य अनुसार इन्धनमा स्वचालित मुल्य अनुसार स्थानीय बजारमा मुल्य समायोजन गदै आएको छ । निगमले इन्डियन आयल कर्पाेरेशन (आइओसी)ले पठाएको मुल्य अनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गर्ने गर्छ । निगमले आर्थिक वर्ष २०७५÷७५मा २९ करोड रहेको चुक्ता पुँजीलाई १० अर्ब पुँजी बृद्धि गरेर ११ अर्ब पु¥याएको थियो । आर्थिक वर्ष ०७५÷७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २०प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
अर्थन्त्रालय, उद्योग बाणिज्य आपुर्त मन्त्रालय, बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,राष्ट्रिय विमा कम्पनी,राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ । निगमका सरकारको ९९ प्रतिशत सरकारको शेयर रहेको छ । गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बझुाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।
विश्वभर फैलिएको कारोना भाइरस(कोभिड१९)को प्रभावका कारण इन्धनको आयातमा समेत कमी अएको निगमले जनाएको छ । सरकारलाई सवै भन्दा धेरै राजस्व बुझाउनेमा निगम अग्रस्थानमा रहेको छ ।निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउदै आएको मध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यस्तै प्रदुषण करबाट २ अर्ब ९४ करोड, पुर्वाधार विकासकरबाट १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ ।
निगमले अन्तराष्ट्रिय मुल्य अनुसार मुल्य सामायोजन गदै आएपनि सीमानाका भन्दा नेपालमा इन्धनको मुल्य सस्तो रहेको छ । सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ । हाल पेट्रोल प्रतिलिटर एक सय ६ र डिजेल ८९ रुपैयाँ मुल्य रहेको छ ।