काठमाण्डौ- ५ हजार ८५ रुपैयाँमा सोमवार कारोवार भइरहेको नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताहरुले आज यो शेयर निकै खरिद विक्रि गरिरहेका छन ।
मंगलबारबाट यो कम्पनीको बुकक्लोज हुने छ । नागरिक लगानी कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्नेछ। सोही प्रयोजनार्थ कोषले भोलि बुकक्लोज गर्न लागेको हो। कोषको हकप्रद शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिने सकिनेछ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको ५४ करोड भन्दा धेरैको कारोवार भइसकेको छ भने किन्ने लगानीकर्ताको निकै चाप रहेको छ । यो शेयरको आज मूल्य पनि बढेको छ । ५ हजार १ सय हाराहारीमा शेयरको कारोवार भइरहेको छ ।