काठमाडौं–कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संसद् विघटन गरेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान धुजा–धुजा पारिएको समेत आरोप लगाए ।
पूर्व मन्त्री समेत रहेका थापाले फेसबुक लाइभमा यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्रीके गैर संवैधानिक कदमलार्य राष्ट्रपतिले समान्य छलफलसमेत नगरी अनुमोदन गर्नु गतल भएको टिप्पणी गरे । ‘संविधानको संरक्षण र कार्यान्वयन गर्नुपर्ने प्रधानमन्त्री केपी ओली र संविधानको संरक्षक विद्या भण्डारी नै जाली निस्किए, थापाले भने ।
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलार्य अदालतले सच्याउने थापाले विश्वास गरे । शाही आयोग खारेज गर्ने अदालत भएको स्मरण गर्दै थापाले भने– ‘‘यो अदालत शाही आयोग खारेज गर्ने अदालत हो । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान कुल्चिएर धजाधुजा पारेको भन्दै कांग्रेस यसमा चुप नबस्ने बताएका छन् । प्रधानमन्त्री किपी शर्मा ओलीले चुनावको घोषणा गरे पनि उसको नियत चुनाव गराउने नभएको बताए । कांग्रेसले गैर संवैधानिक कदमको विरोध र सडकबाट प्रतिवाद गर्नुको विकल्प नभएको बताए ।