गरिमा विकास बैंकले पौने ४४ करोडको बोनश शेयर दिने

काठमाण्डौ– गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पौने ४४ करोड रुपैयाँ बराबरको बोनश शेयर दिने भएको छ । गरिमाले १३.५० प्रतिशत बोनश दिन प्रस्ताब गर्दा ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनश पाउँछन् । ०.७१०५ प्रतिशत हुन आउने २ करोड ३० लाख ११ हजार ७४०.६८ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) दिन प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८.२६ रुपैयाँको कुल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी १४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया