काठमाण्डौ-मुक्तिनाथ विकास बैक र सानिमा माइ हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । भोलीदेखिदेखि यी
कम्पनीहरुको बुक क्लोज हुँदैछ । ।
दुबै कम्पनीहले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि अर्थात पुस १३ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता पनि जनाउन सक्नेछन्।
मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ११।२५ प्रतिशतका दरले बोनस शेयर र ४।२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५।५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २५ गते चौधौँ वार्षिक साधारण सभा डाकेको छ।
त्यसैगरी, सानिमा माइले ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते साधारण सभा डाकेको छ।