काठमाण्डौ – नेकपा केन्द्रको विवाद विवाद भुसको आगोसरि प्रदेशमा सल्केको छ । बाग्मति प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश एकमा पनि दोहोरिएको छ । ।
प्रदेशसभा सचिवालयमा मूख्य मन्त्री शेरधन राई विरुद्धअविश्वासको प्रस्ताव दर्ता भएको हो । सो आविश्वासको प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेको छ । राईले हिजो मात्र अर्थमन्त्री इन्द्र आङ्बोलाई मन्त्रीबाट निकालेका थिए ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।