नेकपा मिलाउन चीनको सक्रियता, चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज नेपाल आउँदै

काठमाडौँ–सत्ता खिचातानीले नेकपा विभाजन भएपछि उत्तरी छिमेकी चीनले गम्भिर चासो राख्दै मिलाउने प्रयास सुरु गरेको छ । नेकपा दुवै समूहका नेता भेटेर चिनियाँ राजदूत होउ यान्छील मिलाउन सक्रियता बढाईरहेका बेला चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेता आज नेपाल आउँदैछन् ।

सीपीसीको अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वमा छ सदस्यीय टोली आइतबार काठमाडौं आउन लागेका हुन । यसअघि चिनियाँ अधिकारीले पार्टी जुटाउन अधिकतम प्रयास गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि पार्टी फुटको अवस्थामा पुगेको हो ।

विकसित राजनीतिक घटनाक्रम अध्ययन गर्न र कम्युनिष्टहरूलाई मिलाउन भन्दै राष्ट्रपति सिको विशेष निर्देशनमा उनीहरू काठमाडौँ आउन लागेका हुन् । विभाजनमा गएको नेकपाको दुवै पक्षका नेताहरूलाई सल्लाह दिँदै एकताकालागि जोड गर्न उनीहरु चार दिन काठमाडौँमा रहनेछन् । उक्त छ सदस्यीय टोलीमा चार जना उच्च राजनीतिज्ञ नै छन भने अन्य दुई सरकारी अधिकारी हुन् ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय राजनीतिक टोली काठमाडौँ आउन लागेको शनिबार लेखेको छ । उच्च चिनियाँ राजनीतिज्ञ तथा सरकारी अधिकारी गरेर छ जना आउन लागेको उक्त टोलीमा अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान पनि छन् ।

केही समय अघि चिनियाँ टोलीले नेकपालाई चिनियाँ कम्युनिष्टबारे प्रशिक्षण समेत दिएको थियो । राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधव नेपाल लगायत नेतालाई भेटिसकेकी छन् ।
उनले ति सबैकोमा उक्त टोली लिएर जानेछिन् । उनले नै भरपुर नेताहरुसँग छलफल गरिसकेकी छन् । टोली आइतबार आइपुगे लगत्तै दूतावासमा ब्रिफिङ लिनेछन् ।त्यसपछि भेटघाट थाल्नेछन् । टोलीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरू भेट्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय