काठमाडौं– नेकपाका नेता गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट टिकट पाएन कैलाली क्षेत्र नं ३बाट चुनाब जितेका चौधरी शुक्रबार विहानसम्म पनि प्रचण्ड, माधव नेपाल समूहसँगै आन्दोलनमा थिए । तर, साँझ उनी अचाकन मन्त्री बने ।
किन चौधरीले क्याम्प परिवर्तन गरे त । उनी प्रचण्डसँग नै बस्न चाहान्थे । ओलीबाट अफर आयो अनि कित्ता परिवर्तन गरे । यतिमा मात्र कारण होइन ।
कैलालीका एक नेकपा नेताका अनुसार शक्तिमा पुगेपछि आफ्नो लिलामी हुन लागेका जग्गा जमिन रोक्न र करोडौंको मुद्दा मिलाउन मन्त्री भएका हुन् । मन्त्री पद अवसर भए पनि त्यो भन्दा पनि उनी व्यवहारमा फसेका थिए । । ‘बालुवा, गिट्टीको ठेक्का पाउँदा चौधरीसहितको टीमले बैंकबाट ऋण लिएको थियो,’ ती नेताले भने, ‘मन्त्री भएपछि सोही मुद्दा सेटल गर्न सजिलो हुने भएकाले पनि क्याम्प परिवर्तन गरेका हुन् ।’
मन्त्री भएपछि चौधरीले संसद विघटनपछि म दाहाल–नेपाल समूहमा भएको भए पनि उक्त समूह पनि स्वार्थको लडाईँमा लागेको आरोप लगाएका छन् । ऋण तिर्न नसकेपछि अहिले चौधरीको घरजग्गा लिलाम हुँदैछ । सोही ऋण तिर्नका लागि पनि उनी मन्त्री पद रोजेका हुन् । चौधरी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्री भएका थिए ।