प्रधानमन्त्रीको कदम विरुद्ध नागरिक समाजले आज प्रर्दशन गर्ने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल, माधब कुमार नेपाल, नेपाली कांग्रेसले सडक आन्दोलन सुरु गरिरहेका बेला नागरिक समाज पनि आन्दोलित भएको छ । संसद विघटनको विरुद्ध आज काठमाडौंमा वृहत नागरिक प्रदर्शनको आयोजना गरिएको छ ।

‘प्रतिगमनको सशक्त विरोध गरौं’ भन्ने नारासहित नागरिक अगुवाहरुले आज शनिबार दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको जनाएका छन् ।
‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ को ब्यानरमा हरेक दिन दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय