काठमाडौं– सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषदको शुक्रवार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिस गरेको हो ।
प्रतिनिधिसभा विघटन भइसकेकाले राष्ट्रियसभाको बैठक बस्न लागेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।