काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार विघटन गरेर नेकपा फुटमा गएपछि प्रदेश सरकारमा पनि त्यसको असर देखिन थालेको छ ।
नेकपामा दुई समूह भएपछि केपी ओली पक्षधरले नेतृत्व गरेका प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेर मुख्यमन्त्रीलाई हटाउने खेल सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।