काठमाडौ- दुइ पार्टी एकिकरण गरि चुनावमा भाग लिएर बहुमत ल्याएको नेकपाको अहिले हरिविजोक भएको छ ।
आफ्नै पार्टीको सरकार विरुद्ध नेकपाका नेताहरु यस अगाडी कहिलै सडहमा नआए पनि यति बेला भने माइतिघरमा पलेटी कसेर सडकमा बसेका छन । त्यो पनि पुर्व प्रधानमन्त्री देखि दिएर बरिष्ठ नेताहरु ।
संसद विघटनको विरोधमा प्रचण्ड नेपाल समूहले आज विरोध प्रर्दशन गरिरहेका छन । हामी यहाँ छौं लेखिएका प्लेकार्ड लिएर उच्च नेताहरु आन्दोलनमा सहभागी भएका छन । आफ्नै पाटी विरुद्ध यसरी जनता सडकमा आएको सम्भवत यो पहिलो घटना हो ।
आन्तरिक कलहका कारण नेकपाले जनताको जनमतको मात्र अपमान गरेको छैन सिँगो देशलाईनै दुर्घटनामा पुराएको छ । नेकपाको विवाद चरमोत्कर्षमा पुगेर फुटे पछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधब कुमार नेपाल सकड आन्दोलमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा शुक्रबार विहानदेखि नै प्रर्दशनमा उत्रिएका हुन् । ‘हामी यहाँ छौं’ लेखेका व्यानर टाँगेर सडक आन्दोलनमा उत्रिका हुन् ।
माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ । नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।