प्रचण्ड, माधव नेपाल माइतीघरको सडकमा

काठमाडौं–नेकपाको विवाद चरमोत्कर्षमा पुगेर फुटे पछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधब कुमार नेपाल सकड आन्दोलमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा शुक्रबार विहानदेखि नै प्रर्दशनमा उत्रिएका हुन् । ‘हामी यहाँ छौं’ लेखेका व्यानर टाँगेर सडक आन्दोलनमा उत्रिका हुन् ।

माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ । नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय