काठमाडौ-प्रभु इन्स्योरेन्सको आइपिओ बाँडफाँड सुरु भएको छ । सिद्धार्थ क्यापिटलको कार्यालयमा अहिले फेशबुक लाइभमार्फत बाँडफाँडको प्रत्यक्ष प्रशारण समेत गरिदै छ ।
अहिले अतिथिहरु कार्यक्रम स्थतलमा पुगिसकेका छन भने कार्यक्रम सञ्चालनहुने तयारीमा रहेको छ ।
बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै बाँडफाँडको साइत आजको लागी जुरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बाँडफाँड भएको २ घण्टा पछि नजिता हेर्न सकिनेछ ।
कम्पनिको शेयरको लागि २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आइपिओ अहिले सम्मकै धेरै आवेदन हो ।
प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरीएको ५४ लाखलाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
शेयर परेको या नपरेको हेर्नको लागी तलको लिङ्कमा जानसक्नुहुने छ ।
https://www.sharesansar.com/ipo-result