काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल विस्तारको तयारी गरेका छन् । ओलीले ससद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधब कुमार नेपाल पक्षधर मन्त्रीले राजिनामा दिएका थिए ।
प्रचण्ड, नेपाल समूहले राजिनामा दिएपछि रिक्त रहेका सात मन्त्रालयमा नयाँ मन्त्री ल्याउने ओलीको तयारी रहेको छ । ओलीले विशेष गरी पूर्व माओवादी समूहका नेतालाई मन्त्री पद देखाएर फकाउने प्रयास गरिरहेका छन् ।
ओली समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको छ । अहिले पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा मन्त्रालय, वन मन्त्रालय, कृषि मन्त्रालय र शिक्षा मन्त्रालय रिक्त छन् । ती मन्त्रालयमा पूर्व माओवादीबाट ओलीको समूहमा आएका नेता हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणी थापा मन्त्री बन्ने संभावना रहेको छ । ओली पहिला अवसर पाएका मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने की पूरानैलाई निरन्तरता दिने भन्ने विषयमा पनि छलफल गरिरहेका छन् ।