२० करोड कर छलीमा मुद्दा दायर

काठमाडौं–राजस्व चुहावट गरको आरोपमा राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपैयाँ विगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर छली गर्ने विरुद्ध १९करोड ९६ लाख रुपैयाँ विगो असुल गरी कैद सजायको माग दाबी गरिएको छ ।

नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा ललितपुर महानगरपालिका वडा नं २ कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरी िवरुद्ध दुई करोड १४ लाख ,धनुषा स्थायी घर भई ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट पाँच करोड ५५ लाख, रौटहत स्थायी घर भएका काँडाघारस्थित गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट पाँच करोड ३२ लाख विगो माग दाबी गरिएको छ ।

त्यसैगरी, बारास्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनी मलाह समेत सात जना विरुद्ध चार करोड ७९ लाख रुपैयाँ, पोखरास्थित अनुष्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनासमेत तीन जनाविरुद्ध एक जना करोड ८२ लाख विगो दाबी गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय