अर्को सातादेखि सवारी चालक लाइसेन्स परीक्षा खुल्ला

काठमाडौै– लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्रको आवेदन खुल्ने भएको छ । कोरोना प्रकोपपछि सवारी चालक अनुमति पत्र रोकिँदा हजारौंले लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी हुन पाएका थिएनन् ।

पुसको पहिलो साताबाट लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर पुसको दोस्रो सातादेखि लाइसेन्सको परीक्षा लिन लागिएको हो । आवश्यक तयारी पूरा भएको उनले बताए ।

विभागले मुलुकभर रहेका १७ वटा यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेर आगामी सातादेखि परीक्षाा सञ्चालन गर्न निर्देशन दिने तयारी गरेको छ । गत चैतदेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा हुन सकेको छैन । परीक्षा नहुँदा करिव पाँच लाखभन्दा धेरै सेवाग्राही प्रभावित भएका छन् ।

प्रतिक्रिया