युवराज आचार्यको "काफल बोटमा मैन" सुनेपछि दर्शक मख्ख,पुराना दिनको झल्को मेटाउने गीत भएको प्रतिक्रिया

काठमाडौ - कर्मभूमि होस् या जन्मभूमि जहाँ भएपनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर कलम चलाइरहने गायक हुन् युवराज आचार्य । 

जापान जस्तो व्यस्त देशमा रहेर पनि नेपाली गीत संगीतमा नयाँ प्रस्तुति लिएर आइरहेका छन् उनी । यस अघि नै दर्जनौं चर्चित गीत सार्वजनिक गरेर आचार्य नेपाली दर्सक श्रोता माझ निकै लोकप्रिय छन् । 

निकै कलात्मक शब्द लेख्न सक्ने युवराजले उस्तै सुमधुर लय बनाउन सक्छन् । उनको आवाजमा पनि जादू छ । यी तीन कुरालाई उनले निकै राम्रो सँग प्रस्तुत गर्न सक्छन् । पछिल्लो गीतमा पनि उनको कला राम्रोसँग देख्न सकिन्छ । 

माया प्रेमलाई विषयमा बनाई तयार पारिएको सो गीतमा आवाजमा आचार्यलाई सुनिता बुढाले साथ दिएकी छन् । आचार्यकै लय तथा शब्द सिर्जना रहेको गीतलाई काजीस श्रेष्ठले निर्देशन गरेका छन् । गीतमा सुधीर श्रेष्ठ,अशोक शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ । 

गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै आर्चायले आफू जहाँ जस्तो अवस्थामा रहेपनि गीत संगीतमा लागिरहने ऊर्जा दर्शक स्रोताबाट मिलिरहेको बताउनु भयो । 

 

प्रतिक्रिया