विदेश जाने नेपालीहरुको पिडा बोकेको गीत "म त रेलैमा" लिएर आए जीवन कँडेल

काठमाण्डौ । छोटो समयमै आफ्नो चम्किलो उपस्थिति जनाएका लोकप्रिय सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत म त रेलैमा भर्खर मात्र सार्वजनिक भएको छ । 

कँडेलले यो भन्दा पहिला पनि करिव दर्जन गीतहरु सार्वजनिक गरिसकेका छन । टुहुरो जीवनबाट गीत संगीतमा प्रवेश गरेका कँडेलले जापान जस्तो ब्यस्त सहरमा रहेर पनि निरन्तर गीत संगीतमा लागिरहेका छन । 

उनको पछिल्लो गीत बैदेशिक रोजगारमा जाने नेपालीहरुको कथामा बनेको छ । गीतमा कँडेलकै लय तथा शब्द सिर्जना रहेको छ भने आवाजमा सुनिता बुढाले साथ दिएकी छन । गीतलाई मौषम हिमालीले निर्देशन गरेका छन भने धुर्व र सरस्वती पौड्यालको  अभिनय रहेको छ । गीतलाई जीवन साथी युउटुव च्यालबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया