धितोपत्र बोर्डले अर्को साता ब्रोकर कमिसन घटाउने

काठमाडौं–शेयर कारोबार गर्नेलाई खुशीको खबर छ । धितोपत्र बोर्डले शेयर ब्रोकर कमिसन घटाउने भएको छ । धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार शेयर ब्रोकर कमिसन आगामि साता घटाउने तयारी छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै यस्तो जानकारी दिएका हुन् । उनका अनुसार स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने पनि तयारी छ ।

सो अवसरमा अध्यक्ष ढुङ्गानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए । ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको बताए ।

हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्दछ । लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय