काठमाण्डौ । नेपाली काँग्रेसले केपी शर्मा ओली विरुद्धमा यहि पुस १३ गते देशैभरी आन्दोलन गर्ने भएको छ ।
विहिवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । महामन्त्री पूर्णबहादुर खड्काका अनुसार संघीय निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन हुने छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतवार प्रतिनिधिसभा विघटन गरे पछि अहिले ओली सरकारको चर्को आलोचना भइरहेको छ भने यो मुद्धा अदालतमा फैशला हुन बाँकी छ ।
आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए।