साताको अन्तिम दिने नेप्से र कारोवार दुवै घट्यो,नविल र नेपाल लाईफका लगानीकर्ता दुःखी

काठमाण्डौ । साताको अन्तिम दिन नेपाली सेयर बजार ओरालो लागेको छ । आज नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से करिव ३० अंकले घटेको छ ।

विहिबार कारोवारमा आएका २ सय ४ कम्पनीहरुमा अधिकांस कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ भने पाँच अर्व भन्दा धेरैको कारोवार भएको छ ।

कारोवार भएका २८ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ३७ भन्दा धेरै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

नविल बैकको शेयर मूल्यमा गिरावट आए पनि सबै भन्दा धेरै कारोवार भएको छ । त्यस्तै उत्कृष्ट लाभाशं घोषणा गरेको नेपाल लाइफको पनि आज शेयर मूल्य घटेर कारोवार भएको छ । यो कम्पनीको नविल पछाडी सबै भन्दा धेरै कारोवार भएको छ । आज सोल्टी होटल र ओरियन्ट होटेलको शेयर मूल्यमा सबै भन्दा धेरै बृद्धि भएको छ ।

आज नेप्सेका अधिकांस सूचकहरु घटेका छन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय