प्रधानमन्त्री ओलीलाई झड्का,शेरबहादुर र उषाकला प्रचण्ड माधव समूहमा

काठमाण्डौ । नेकपा बैधानिकरुपले विभाजन नभए पनि अनौपचारीक रुपमा फुटेको छ । यसै विच नेताहरुले तल्लो तहका नेतालाई आफ्नो पक्षमा पार्न दौडधुप परिरहेका छन ।

यसै विच नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहतिर लागेका छन । उनी केपी ओली समूहको बैठकमा समेत सहभागीता जनाएका थिए भने आज कित्ता कीलीयर गरेका छन ।

उनी सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । उनीसँगै उनकी पत्नी उषाकला राई समेत दाहाल नेपाल पक्षमा जाने भएकी छन । उनलाई ओली समूहले केन्द्रिय सदस्य समेत बनाइसकेका थिए तर उनले पद अस्विकार गरेकी थिइन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय