सर्वोत्तम सिमेन्टको शेयर नेप्सेमा कारोबार सुरु,पहिलो दिन मूल्यमा सर्किट

काठमाडौं - बुक बिल्डिङ मार्फत आइपीओ सार्वजनिक गरेर बाँडफाँड गरेको सर्वोत्तम सिमेन्टले अब दोस्रो बजारमा कारोबार सुरु गर्ने भएको छ । 

कम्पनीको सेयर सोमबार नेप्सेमा सूचीकृत भएसँगै कारोबारको लागि बाटो खुलेको थियो ।  

कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको छ । कारोबार भएको केही समयमै सर्किट लागेको प्रति कित्ता ६११ रुपैयाँ पुगेको छ । 

कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया