अमेरिकाद्वारा नेपाललाई साढे १५ अर्बको प्याकेज घोषणा

काठमाडौं-चीनले नेपालमा उपस्थिती बढाईरहेका बेला अमेरिकाले पनि आफ्नो पहुँच विस्तार गर्न विभिन्न पहल गरिरहेको छ । चीनियाँ प्रभावका कारण नेपालमा एमसिसी परियोजना स्वीकृत नभएको अमेरिकी बुझाई छ । आफ्नो उपस्थितीलाई बलियो बनाउने अमेरिकाले नेपालका लागि ठूलो प्याकेज घोषणा गरेको छ ।

अमेरिकी संसदले नेपालका लागि करिब साढे १५ अर्ब रुपैयाँ राहात प्याकेज घोषणा गरेको हो । कोभिडले थलिएको अर्थतन्त्रलाई माथि उठाउन अमेरिकी जनताका लागि राहात प्याकेज ल्याउँदा अमेरिकाले नेपालका लागि १५ अर्ब ४३ करोर्ड रुपैयाँको प्याकेज ल्याएको हो ।

अमेरिक संसदले पास गरेको ५५९३ पेज लामो सो प्रस्तावको १४९३ औं पेजमा नेपाललाई गर्ने सहयोग राशी बारे उल्लेख गरिएको छ । नेपाललाई आर्थिक सहायता र वैदेशिक सैन्य वित्तीय कार्यक्रम अन्तर्गत पारेर यस्तो सहयोग गर्न लागेको हो । यस्तो सहायता कम्तिमा १३ करोड २ लाख ६५ हजार डलर (१५ अर्ब ४३ करोड रुपैयाँ बराबर) को हुने छ ।’ यो सहायता विकास र लोकतन्त्र कार्यक्रम अन्तर्गत प्रधान गरिने समेत त्यसमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय