काठमाडौं– साढे १० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरिरहेको प्रभु बैंकको शुक्रबारदेखि बुक क्लोज हुँदैछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १० गते (भोली)देखि बैंकको बुकक्लोज गर्ने भएकाले आजसम्म लाभांश सुरक्षित गर्ने अवसर छ । प्रभुले १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ ।
१० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । भोली (शुक्रबार)क्लोज गर्ने भएकाले आजसम्म सेयर किन्नेले लाभांश हात पार्ने छन् । बैंकको साधारणसभा पुस २६ गते हुने भएको छ ।
सभामा बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।