निजी क्षेत्रका तीन संस्थाले भने– ‘राजनीतिक घटनाक्रमले शसंकित एवं चिन्तित छौं ’

काठमाडौं– प्रधानमन्त्री शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको भन्दै निजी क्षेत्रका छाता संस्थाले चिन्ता व्यक्त गरेका छन् । कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो राजनीतिक घटनाक्रमले अस्थिरता सृजना गरेको भन्दै गम्भिर हुन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार एक विज्ञप्ति प्रकाशित गरी निजी क्षेत्र राजनीतिक स्थिरताको पक्षमा रहेको प्रष्ट पारेका छन् । स्थिरतामा नया“ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नया“ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई भुल्न नहुने स्मरण गराएका छन् । ‘राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ ।’ राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन समेत ती संस्थाले आग्रह गरेका छन् ।

प्रतिक्रिया