काठमाण्डौ । नेकपा अब आधिकारी रुपमै फुटको बाटोमा अगाडी बढको छ । आज दाहाल नेपाल पक्षले आफ्ना सांसदहरु बोलाएर संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेका छन ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा माधवकुमार नेपालले अर्का अध्यक्ष दाहाललाई संसदीय दलको नेताको लागी प्रस्ताव गरेका थियो । सो प्रस्ताव सर्वसहमतले पारि भएको थियो ।
यस्तै बैठकले केपी ओली माथी लगाइएको अविश्वासको प्रस्ताव समेत पारित गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।