काठमाण्डौ । मंगलबारको तुलनामा बुधवार नेप्से सम्हालिएको छ । आज सात अंकले बढ्दै बजार बन्द भएको छ ।
मंगलबार सतको हाराहारीमा बढेको नेप्से आज पनि सोहि अनुपातमा बढ्ने अपेक्षा लगानीकर्ताहरुको थियो । तर बजार सो अनुसार बढ्न सकेन । नेपाल लाईफ इन्स्योरेन्से बम्वर बोनस घोषणा पछि बजार मूल्यमा उछाल आउने अपेक्षा थियो तर लाभाशंले खासै प्रभाव पारेको देखिएन । सो कम्पनीको सबै भन्दा धेरै कारोवार भए पनि करिव ४ प्रतिशतले मात्र शेयर मूल्यमा बृद्धि भयो ।
आज कारोवार भएका २ सय तीन कम्पनीहरु मध्य ४१ कम्पनीको शेयर मूल्य बढेका छन भने १ सय २४ कम्पनीको शेयर मूल्य घटेको छ । आज करिव सात अर्व हाराहारीमा कारोवार भएको छ ।